बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी « Khabarhub

बङ्गलादेश र चीनबीच आर्थिक सहकार्य विस्तार गर्ने समझदारी


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढाका-  बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बागेरहाट जिल्लाको मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । बङ्गलादेशको लगानी प्रवर्द्धन संस्था ‘इन्भेस्ट बङ्गलादेश’ र चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच समझदारी भएको हो ।

समझदारीपत्रमा इन्भेस्ट बङ्गलादेशका औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ पक्षबाट चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनका अध्यक्ष ली चोङयाङले हस्ताक्षर गरेका थिए । कार्यक्रममा इन्भेस्ट बङ्गलादेशका अध्यक्ष अशिक चौधरी र सीआरसीसीका अध्यक्ष दाइ हेगेन पनि उपस्थित थिए ।

समझदारीअनुसार बङ्गलादेशमा पूर्वाधार, यातायात, रसद व्यवस्थापन, उद्योग, ऊर्जा, वातावरण संरक्षण र सीप विकासलगायत क्षेत्रमा लगानीका अवसर विस्तार गरिनेछ । यसले दुई देशबीच आर्थिक सम्बन्ध थप सुदृढ बनाउनुका साथै बङ्गलादेशमा चिनियाँ लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री रहमानले चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल गर्दै बङ्गलादेशमा थप लगानी गर्न चिनियाँ कम्पनीहरूलाई आग्रह गरे।

उनले मोङ्गलामा थप औद्योगिक कारखाना स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै बन्दरगाहदेखि देशको उत्तरी क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न आवश्यक विद्युत् र ग्यास आपूर्तिको व्यवस्था मिलाइने बताए। यसका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिने उनको भनाइ थियो ।

बङ्गलादेशको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएका चिनियाँ लगानीकर्ताप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री रहमानले मध्यपूर्वमा चिनियाँ कम्पनीमार्फत बङ्गलादेशी कामदारले रोजगारीका अवसर पाएकोमा पनि धन्यवाद दिए।

उनले दुई देशबीचको सहकार्यबाट आर्थिक विकासका साझा लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

यसअघि प्रधानमन्त्री रहमान बिहीबार बिहान ९ः५० बजे हेलिकप्टरमार्फत मोङ्गला पुगेका थिए । उनको भ्रमणका क्रममा मोङ्गला बन्दरगाह विस्तार तथा आधुनिकीकरण परियोजनाअन्तर्गत दुईवटा कन्टेनर जेटी तथा सम्बन्धित पूर्वाधार निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : ५३ बजे

न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी

साङ्घाई- चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि

लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि

रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा

कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन 

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार