पत्नीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार « Khabarhub

पत्नीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा नेपाली मूलका नरेश भट्टले आफ्नी पत्नी ममता काफ्ले भट्टको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन् । पत्नीको शव बेडरुमको भुइँमा मृत अवस्थामा भेटेपछि आफूले शव टुक्राटुक्रा पारेको उनले अदालतमा बयान दिएका हुन् ।

अमेरिकाको भर्जिनिया राज्यमा जारी हत्या मुद्दाको सुनुवाइका क्रममा बिहीबार नरेशले अदालतमा यस्तो बयान दिएका हुन् ।

उनका अनुसार सन् २०२४ जुलाई ३० को बिहान बेडरुमको भुइँमा पत्नी ममता मृत अवस्थामा थिइन् । उनको अनुहार र भुइँमा बान्ता देखिएको थियो । बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कृषि क्षेत्रमा कीरा मार्न प्रयोग हुने शक्तिशाली रसायन सेल्फोसको संकेत रहेको उनले बताएका छन् ।

नरेशले सुरुमा पत्नीलाई छोएर बोलाउने प्रयास गरेको, सीपीआर दिएको र बचाउन अन्य प्रयास गरेको दाबी गरेका छन् । तर त्यसपछि आफूले शव टुक्राटुक्रा पार्न थालेको उनको भनाइ छ ।

उनले सुरुमा पत्नीको खुट्टा र शरीर छुट्याउने प्रयास गरेको अदालतमा बताएका छन् । त्यसपछि शवलाई बाथरुममा सारे पनि शारीरिक रूपमा थकित भएका कारण पहिलो दिन नै थप काम गर्न नसकेको उनले बयान दिएका छन् ।

उनका अनुसार त्यसपछि बेडरुमको ढोकामा बच्चाको सामान राखेर बन्द गरे र आफ्नी शिशु छोरीलाई उठाउने, खाना खुवाउने तथा सुताउने काममा लागे । उक्त रात आफू सुत्न नसकेको पनि उनले अदालतमा बताएका छन् ।

नरेशमाथि पत्नीको हत्या गरेको, शव लुकाएको र मृत शरीरको अपमान गरेको आरोप लागेको छ । तर ममताको शव अहिलेसम्म फेला परेको छैन ।

ममता यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। उनी काममा उपस्थित नभएपछि घटनाबारे अनुसन्धान सुरु भएको थियो। परिवार र साथीहरूले ममता आफ्नी शिशु छोरीलाई छाडेर कतै नजाने बताउँदै आएका थिए।

नरेशले सन् २०२४ अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उनले पत्नीले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको दाबी गरेका थिए।

अनुसन्धानका क्रममा प्रहरी दम्पती बस्ने घरको बेडरुम र बाथरुममा रगतका दाग फेला पारेको थियो। साथै, कपालका टुक्रा रहेको एउटा पावर स पनि बरामद गरिएको थियो।

प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। उनी त्यसयता प्रहरी हिरासतमा छन्। घटनासम्बन्धी मुद्दाको सुनुवाइ जारी छ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ११ : ५५ बजे

पत्नीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडौं – अमेरिकामा नेपाली मूलका नरेश भट्टले आफ्नी पत्नी ममता

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

काठमाडौं – नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई

तिहारमा पटकाजन्य पदार्थको प्रयोग नगर्न प्रहरीको अनुरोध

काठमाडौं – पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन

बालेन शाहले भने : देश जोगाउने र पार्टी जोगाउनेहरूबीच फरक हुन्छ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले देश जोगाउने र पार्टी

प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार