किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार « Khabarhub

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको हेलम्बु  गाउँपालिका–३ स्थित  पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीय बजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ । 

स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र बजारीकरण  भन्ने मूल नाराकासाथ पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिबारदेखि स्थानीय बजारको सुरु गरिएको हो ।

स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्ग्यानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी बताए ।

उनले हाटबजारमा किसानले काउली, मुला, साग, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, प्याजको बिरुवा, हरियो सिमी, चिया, एभोकाडो, स्कुस, सिन्की अमला, खोलेसागलगायत विभिन्न कृषि उपज राख्ने गरेको  जानकारी दिए ।  

यो हाटबजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताए ।  यसबाट पाल्चोक तथा आसपासका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास उनको छ । 

 हेलम्बु गाउँपालिकाकै पहिलो स्थानीयबजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो २  बजेसम्म सञ्चालन हुनेछ । सुरुआती चरणमै किसानको उत्साहजनक सहभागिता देखिनु यस हाटबजारको सकारात्मक सङ्केत मानिएको शेर्पाले जानकारी दिए । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : १५ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान