काठमाडौंको तापक्रम घट्यो « Khabarhub

काठमाडौंको तापक्रम घट्यो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।

यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो ।

मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताइन् । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताइन् ।

पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा आज थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौँको तापक्रम ४.९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । 

विभागमा आज अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो ।

दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डग्रीमा झरेको छ ।  दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ । 

जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको छ भने ठाउँठाउँमा खोलाहरु समेत जमेको छ । रासस

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : ३१ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक