मधेस सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव « Khabarhub

मधेस सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा घर भएको बताएका छन् । मुख्यमन्त्री यादवले आज एक सन्देश जारी गर्दै विविधता नै मधेसको सामथ्र्य र शक्ति भएको बताए।

उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने धारणा राखे। हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान नदिने बताए। 

धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको भनाइ छ ।

प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकारप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले शान्तिसुरक्षाको अवस्था थप सुदृढ बनाइने उल्लेख गरे। साथै, अफवाह फैलाउने तथा घृणात्मक गतिविधिमा संलग्न जो कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिए ।

मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गर्दै समस्या समाधान सधैँ संवादबाट हुने, द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ४८ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान