‘अवतार : फायर एन्ड यश’को १८ दिनको कमाइ १ अर्ब डलर « Khabarhub

‘अवतार : फायर एन्ड यश’को १८ दिनको कमाइ १ अर्ब डलर


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म ‘अवतार: फायर एन्ड यश’ ले रिलिजको १८ दिनमै विश्व बक्सअफिसमा १ अर्ब डलरभन्दा बढी कमाइ गर्दै अर्को कीर्तिमान बनाएको छ।

फिल्मले उत्तर अमेरिकी बजारबाट ३० करोड ६० लाख डलर र अन्तर्राष्ट्रिय बजारबाट ७७ करोड ७१ लाख डलर कमाउँदै कुल १ अर्ब ८३ लाख डलरको आँकडा पार गरेको हो।

हलिउड मिडिया ‘भ्याराइटी’ का अनुसार ‘अवतार’ श्रृंखलाको तेस्रो भागले अर्ब डलरको माइलस्टोन अघिल्ला दुई फिल्मभन्दा केही ढिलो छुन पुगेको छ। सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ ले १४ दिनमै १ अर्ब डलर कमाएको थियो भने सन् २००९ को पहिलो ‘अवतार’ ले १७ दिनमा यो उपलब्धि हासिल गरेको थियो।

पहिलो र दोस्रो ‘अवतार’ दुवै फिल्म सात सात हप्तासम्म बक्सअफिसको शीर्ष स्थानमा रहँदै इतिहासकै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेका थिए। पहिलो ‘अवतार’ ले २.९ अर्ब डलर र दोस्रो भागले २.३ अर्ब डलर कमाइ गरेको थियो।

‘फायर एन्ड यश’ जेम्स क्यामरुनको चौथो फिल्म हो, जसले १ अर्ब डलरको सीमा पार गरेको छ। क्यामरुन विश्वका एकमात्र निर्देशक हुन्, जसका तीन फिल्मले २ अर्ब डलरभन्दा बढी कमाइ गरिसकेका छन्। उनले पाण्डोरा संसारमा आधारित कुल पाँचवटा फिल्म बनाउने योजना अघि बढाइसकेका छन्।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ५४ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा