असी हजार पशुलाई खोरेतविरुद्धको खोप « Khabarhub

असी हजार पशुलाई खोरेतविरुद्धको खोप


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा ८० हजार पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाइने भएको छ । यहाँ पालिएका पशु चौपायामा खोरेतको समस्या देखिएपछि खोरेतविरुद्धको खोप लगाउन लागिएको हो । 

पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार कार्यालयमा उपलब्ध ८० हजार डोज खोप जिल्लाका सबै पालिकामा बितरण गरिएको छ । जिल्लामा एक लाख गाई भैँसी पालिएको उनले बताए। 

मङ्सिरमा रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको थियो । 

खोरेत रोग भाइरसका कारण सर्ने गर्दछ । यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भ तुहिने, दूध घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखाने जस्ता लक्षण देखिने उनले जानकारी दिए । यो रोग गाई, भैँसी र बङ्गुरमा बढी देखिन्छ ।

बाहिरबाट खरिद गरेर जिल्लामा ल्याइने पशुलाई २१ दिन क्वारेन्टाइनमा राखिन्छ । उनले थपे, ‘सङ्क्रमण देखिएका पशुहरूलाई समेत छुट्टै राखेर उपचार गर्नुपर्छ ।’

जंगली जनावारहरूबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने गरेको उनले बताए। 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १ : २८ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको