बयानपछि केपी ओलीको स्थानहद फुकुवा « Khabarhub

बयानपछि केपी ओलीको स्थानहद फुकुवा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद फुकुवा गरिएको छ। गत भदौ २३- २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको स्थानहद सोमबार फुकुवा गरेको हो ।

आयोगले आइतबार ओली निवास गुण्डूमै पुगेर उनको बयान लिएको थियो। बयान सकिएसँगै स्थानहद फुकुवा गरिएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनेक उठाउँदै सिंहदरबारमा गएर बयान दिन तयार थिएनन्। तर आयोगले आइतबार एकजना सहसचिवलाई गुण्डू पठाएर लिखित बयान लिएको हो ।

पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले लिखित बयान नै दिएका हुन् । उनले आइतबार नै उक्त प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा पनि अढाई घण्टा लामो बयान दिएका छन् ।

दुवै पक्षको सहमतिमा मध्यमार्ग अपनाएपछि ओलीले लिखित रूपमा बयान दिएका हुन् । आयोगको टोली आइतबार उनीकहाँ पत्र लिएर पुगेपछि बयान नै दिएर पठाएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ३४ बजे

नयाँ पार्टीबारे माधव नेपालको टिप्पणी : हामीले नै जन्माएका सन्तान हुन्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी सुसंस्कृत

काठमाडौँ महानगरका तत्कालीन प्रशासकीय अधिकृतले पाए सफाइ

काठमाडौं- काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारले विशेष अदालतबाट

एट्लीको सुपरहिरो फिल्म ‘AA22xA6’ मा टाइगर श्राफ पनि जोडिए

काठमाडौं – शाहरुख खान अभिनीत ‘जवान’को सफलतापछि निर्देशक एट्लीले अर्को

करेन्ट लागेर एक जनाको मृत्यु

किमाथांका – सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा करेन्ट लागेर एक जनाको