पत्र लिएर पुगेको जाँचबुझ आयोगको टोलीले गुण्डूमै लियो ओलीसँग बयान « Khabarhub

पत्र लिएर पुगेको जाँचबुझ आयोगको टोलीले गुण्डूमै लियो ओलीसँग बयान


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका नाममा भएको विध्वंश र हिंसात्मक घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ।

आयोगको टोलीले भक्तपुरको गुण्डूस्थित उनको निवासमै पुगेर सात दिनभित्र बयान आउनुपर्ने व्यहोराको पत्र थमाएको थियो । तर ओलीले तत्कालै आयोगको टोलीलाई विभिन्न ६० वटा प्रश्नमा केन्द्रित रहेर गुण्डूमै लिखित बयान दिएर पठाएका हुन् ।

पत्र लिएर पुगेको टोलीसँग ओलीले ‘लिखित भनाइ’ दिएको उनको सचिवालयका एकजना सदस्यले बताए । जाँचबुझ आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले आइतबार गुण्डूमा पत्र पुगेको बताएका थिए ।

आयोगले भदौ २३ र २४ गतेसँग सम्बन्धित घटनामा संलग्न सबैजसोसँग बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयोगले कार्यालयमै बोलाएर बयान लिएको छ। तर ओलीले सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिन अस्वीकार गरेका थिए ।

ओलीकै अडानअनुसार आयोगको टोली गुण्डूमै पुगेर बयान लिएको हो । करिब ६० वटा प्रश्न सोधिएको भनिए पनि ओलीले दिएको लिखित बयानमा उल्लेखित कुराबारे आयोगका पदाधिकारी र कर्मचारीले कुनै कुरा खुलाएका छैनन् ।

प्रधानमन्त्री ओलीले आयोगलाई उसको कार्यालयमा गएर बयान नदिने अडान राखेका थिए। उनले जाँचबुझ आयोगका संयोजक कार्कीको योग्यता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका थिए ।

कार्कीले आफू आयोगको संयोजक हुनुअघि नै दलका नेताहरू र तत्कालीन सरकारका अधिकारीबारे धारणा बनाइसकेकाले आफ्नो बयान लिन नसक्ने तर्क गर्दै आएका थिए ।

ओलीले आयोगको टोली आएमा स्वागतसहित चिया खुवाएर पठाउने बताउँदै आएका थिए । सुशीला कार्की नेतृत्वको सरकारलाई नै अवैधानिक भन्दै आएका ओलीले आयोग पनि खारेज हुनुपर्ने बताइरहेका थिए ।

सुरूमा आयोगले ओली नमाने पक्राउ गरेरै बयान लिने तयारी गरेको थियो । तर एमालेको एघारौँ महाधिवेशनबाट झन् शक्तिशाली भएर फर्किएपछि आयोग हच्कियो ।

ओलीले आक्रमक अभिव्यक्ति दिँदा आयोग भने रक्षात्मक बन्दै गएको थियो । अन्तत: ओलीकै इच्छा र अडानअनुसार गुण्डूमा पुगेर आयोगको टोलीले ‘लिखित भनाइ’ लिएर फर्किएको हो ।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ६ : ३६ बजे

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा

सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै

राष्ट्रपतिकै सामुन्‍ने संसद् बङ्क, संवैधानिक आयोगमा हस्तक्षेप, राजदूतको अपमान, अब कसरी अघि बढ्लान् ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को विवादित कार्यशैली रोकिने भन्दा अझै