राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै « Khabarhub

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ गएका छैनन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको सभामा ती दुई नेता नगएका हुन् ।

बालेन र कुलमान आजको एकता सभामा उपस्थिति नभएपनि रास्वपा र सबै पार्टीहरूबीचमा भएको एकताअनुसार बृहत् एकतासभाको तयारी भने भइरहेको जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुपदेव साहले आजको कार्यक्रम पश्चिमका केही जिल्लाबाट पार्टीमा प्रवेश गर्नेहरूलाई लक्षित गरेर भएको र बृहत् एकतासभाको तयारी भइरहेको बताए । साथै, उनले केही दिनभित्र नै त्यस्तो सभा हुने बताए ।

पछिल्लो समयमा रास्वपासँग कुलमान घिसिङ आबद्ध भएको उज्यालो नेपाल पार्टी, विवेकशील पार्टी, खगेन्द्र सुनार नेतृत्वको पार्टी, बालेन साहको समूह लगायतले एकता गरेका छन् । सो एकताको बृहत् सभा गर्ने तयारी पार्टीले गरिरहेको भुपदेव साहले खबरहबलाई बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ४२ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान