राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै « Khabarhub

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह (बालेन) र कुलमान घिसिङ गएका छैनन् । सोमबार राष्ट्रिय सभा गृहमा भएको सभामा ती दुई नेता नगएका हुन् ।

बालेन र कुलमान आजको एकता सभामा उपस्थिति नभएपनि रास्वपा र सबै पार्टीहरूबीचमा भएको एकताअनुसार बृहत् एकतासभाको तयारी भने भइरहेको जनाइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुपदेव साहले आजको कार्यक्रम पश्चिमका केही जिल्लाबाट पार्टीमा प्रवेश गर्नेहरूलाई लक्षित गरेर भएको र बृहत् एकतासभाको तयारी भइरहेको बताए । साथै, उनले केही दिनभित्र नै त्यस्तो सभा हुने बताए ।

पछिल्लो समयमा रास्वपासँग कुलमान घिसिङ आबद्ध भएको उज्यालो नेपाल पार्टी, विवेकशील पार्टी, खगेन्द्र सुनार नेतृत्वको पार्टी, बालेन साहको समूह लगायतले एकता गरेका छन् । सो एकताको बृहत् सभा गर्ने तयारी पार्टीले गरिरहेको भुपदेव साहले खबरहबलाई बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ४२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा