हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ « Khabarhub

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा– जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्या र यही महिना भदौरेमा भएको मगर दम्पत्तिको हत्याको आरोपमा प्रहरीले चिशङ्खुगढी गाउँपालिका–३, दियालेका २८ वर्षीय सङ्गम राई, सोई गाउँपालिका–४, रातमाटेका ३० वर्षीय विनोद राई, रातमाटेकै ३० वर्षीय प्रकाश भुजेल र सोइ गाउँपालिका–८, माम्खाका ३० वर्षीय  अशोक भुजेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

सिद्धिचरण नगरपालिका–४, चार्खुकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको गत असोज २६ गते राति घरमै हत्या गरिएको थियो । हत्यामा संलग्नहरू गरगहना र नगदसमेत लुटेर फरार भएका थिए । 

यसैगरी चिशङ्खुगढी–६, भदौरेमा यही पुस १५ गते किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या गरिएको थियो । उनीहरूको हत्या गरी रु एक लाख, सुनको गहना दुई तोला  लुटपाट गरी हत्यारा फरार भएका थिए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले हत्यामा संलग्नलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ३६ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक