आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २२ गते बिहीबार फागुन कृष्ण पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ५ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट : सानो कुराले मनमा तनाव बढ्नेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। आज व्यापारमा फाइदा हुनेछ ।

सिंह : आज धन आर्जन हुनेछ । शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन् । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ । धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन् ।

कन्या : दिन राम्रो छ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।

तुला : शत्रु बढ्नेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानी सफल बन्नेछ । विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ ।  

धनु : दिन राम्रो छ । आज शुभकार्यमा सरिक हुँदा मनमा उत्साह बढ्नेछ । आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ ।

मकर : धन लाभ हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । व्यापारमा साथीकाे साथ मिल्नेछ । 

कुम्भ : साथीभाइले विरोध गर्ने भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ ।

मीन : महत्त्वपूर्ण काम बन्नेछन् । काम गर्दा सामूहिक रुपमा गर्नु उचित हुनेछ । शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ । सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ५ : १५ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना