ईश्वर पोखरेलले काठमाडौं-५ का मतदातासँग मागे सुझाव « Khabarhub

ईश्वर पोखरेलले काठमाडौं-५ का मतदातासँग मागे सुझाव


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं. ५ का मतदातासँग रचनात्मक सुझावको आग्रह गरेका छन्।

संविधान २०७२ लाई आवश्यक संशोधनसहित अझ प्रभावकारी, समावेशी र सशक्त बनाउँदै समाजवादको आधार निर्माण गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको पोखरेलको भनाइ छ। उनले विशेषगरी युवाको सुरक्षित, सक्षम र सुनौलो भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजनामा आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

“काठमाडौं–५ का जनताको अनुभव, दृष्टिकोण र सृजनात्मक सुझावले मेरो योजना अझ वस्तुनिष्ठ र जनअपेक्षाअनुकूल बन्ने विश्वास लिएको छु,” पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अनुरोधमा उल्लेख छ।

उनले सहकार्य, संवाद र साझा प्रयासमार्फत समृद्ध काठमाडौं र सशक्त नेपाल निर्माण सम्भव हुने भन्दै जनताको सक्रिय सहभागिता र सुझावलाई आफ्नो अभियानको आधार बनाउने बताए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ५८ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक