यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगानी कैद मुक्त « Khabarhub

यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगानी कैद मुक्त


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट  २६१ जना अफगान कैदी कैद  मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । 

संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणामस्वरूप एमिराटी अधिकारीहरूले करिब १०८ जना अफगान बन्दीहरूलाई रिहा गरेको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । 

यो रिहाई युएईको राष्ट्रिय दिवसको अवसरमा गरिएको जनाइएको छ भने केही कैदीहरू यस अघि नै फर्केका थिए बाँकी कानुनी प्रक्रिया पूरा भए पछि स्वदेश फिर्तीको तयारीमा छन् । 

शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले विभिन्न पाकिस्तानी सहरहरूमा बन्दी बनाइएका १५३ अफगानहरूलाई रिहा गरी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा सुरक्षित रूपमा फिर्ता गरिएको घोषणा गरेको छ । 

केही महिना अघि विदेश मन्त्रालयले दश हजार भन्दा बढी अफगानी नागरिक विदेशमा कैदी  जीवन बिताई रहेका बताइएको छ ती मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ३३ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका