संविधानको मर्म अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड « Khabarhub

संविधानको मर्म अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्म अनुसार जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । 

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारद्वारा बिहीबार कास्कीमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानून, संघीयताको मर्म अनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताए ।

नागरिकसामु जिम्मेवार भई उनीहरूका अपेक्षा तथा चाहना गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारले आ–आफ्ना कार्यक्षेत्रबाट पूर्ण प्रतिबद्ध रही पूरा गर्न सक्नुपर्ने उनले बताए ।

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न सरोकारवाला निकायले थप कसरत गर्नुपर्ने भन्दै उनले संवैधानिक अधिकार बमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा संघीय सरकार तथा स्थानीय तहसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र एवं संघीय शासन प्रणाली अनुरूप व्यवस्थालाई सबलीकरण गर्दै सर्वसाधारणको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने मार्गमा गण्डकी प्रदेश सरकार दृढ संकल्पित रहेको बताए । 

गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशको औचित्यलाई पुष्टि गर्ने गरी काम गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ६ : ३६ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि