निर्वाचनमा खटिएका कर्मचारीले पाएनन् मतदान « Khabarhub

निर्वाचनमा खटिएका कर्मचारीले पाएनन् मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रतिनिधिसभा निर्वाचनमा खटिएका कर्मचारीहरूले आफूले मतदान गर्न नपाएको गुनासो गरेका छन्।

नियमअनुसार कर्मचारी, प्रहरी, सेना लगायत ड्युटीमा खटिएका व्यक्तिहरूले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचयपत्र देखाएर मात्र समानुपातिक मत दिन पाउँछन्।

तर केही कर्मचारीहरू, मतदान अधिकृतले मतदान गर्न रोकिएको बताउँदै गुनासो गरेका छन्।

एक प्रहरी अधिकृतले भने, ‘मतदान केन्द्रमा नाम नभएको कारण कर्मचारीलाई मतदान गर्न दिइएको छैन।’

यदि निर्वाचनमा खटिएका कर्मचारीहरूले मतदान गर्न पाएनन् भने करिब तीन लाखभन्दा बढी मत समानुपातिकमा खेर जाने सम्भावना देखिन्छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘आयोगले सहजीकरण गरिरहेको छ, ‘अस्थायी नामावली तयार गर्ने जिम्मेवारी सम्बन्धित जिल्लाको हो। केही व्यक्तिको नाम छुटेको हुन सक्छ, हामीले यो थाहा पाएका छौं र सहजीकरण गर्दैछौँ।’

भट्टराईले सबै कर्मचारीले मतदान गर्न पाउने निश्चितता भने नभएको संकेत गर्दै, मुख्य निर्वाचन अधिकृतहरूले जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए।

उनले भने, ‘यो आयोगमा आउन नपर्ने विषय हो, हामीले केवल नीतिगत सहजीकरण गर्दैछौँ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ९ : ४२ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा