विरोधपछि बालेन सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्कियो « Khabarhub

विरोधपछि बालेन सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्कियो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा मतदान गरेर झापातिर लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह सवार हेलिकप्टरलाई झापबाट फर्काइएको छ।

काठमाडौंबाट झापाका लागि उडेको त्यहाँ अवतरण गर्न नदिई त्रिभुवन विमानस्थलमै फर्काइएको हो ।

हेली एभरेस्टको हेलिकप्टर झापामा हुन नदिएपछि त्रिभुवन विमानस्थलमा फर्किएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बताए । बालेन्द्र हेलिकप्टर चढेर झापा क्षेत्र नम्बर ५ का मतदान केन्द्रहरू घुम्ने योजना बनाएपछि विरोध भएको थियो।

बालेन्द्रले काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चढेर झापा ५ का सबै मतदान केन्द्र घुम्ने योजना बनाएका थिए ।

उनको उक्त योजनालाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आपत्ति प्रकट गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बालेनको यो कदमलाई मतदातालाई प्रभावित बनाउने प्रयास भन्दै आपत्ति जनाए। उनको आपत्तिपछि निर्वाचन आयोगले अन्य उम्मेदवारलाई हेलिकप्टर प्रयोग गर्न नदिने भएको छ।

विरोधपछि बालेन सवार हेलिकप्टर झापामा अतवरण नगरी काठमाडौं फर्किएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ४३ बजे

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण

सर्लाही-४ मा रोकिएको मतदान सुचारु

काठमाडौं– सीडीओ र प्रहरी प्रमुख त्यहीँ बसेपछि सर्लाही ४ मा

यो चुनाव जित्नेलाई जितुका चार कुरा !

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा

दुवै पूर्वराष्ट्रपतिले खसाले मत

काठमाडौं– मुलुकका दुई मात्रै पूर्वराष्ट्रपतिहरूले मतदान गरेका छन् । प्रतिनिधिसभाको

नायिकाहरूले गरे मतदान

काठमाडौं – नायिकाहरू रेखा थापा, केकी अधिकारी, नीता ढुंगाना, ऋचा