बालेनले हेलिकप्टर चढेर झापा ५ का मतदान केन्द्र घुम्न खोजेको भन्दै विरोध « Khabarhub

बालेनले हेलिकप्टर चढेर झापा ५ का मतदान केन्द्र घुम्न खोजेको भन्दै विरोध


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले हेलिकप्टर चढेर झापा क्षेत्र नम्बर ५ का मतदान केन्द्रहरू घुम्ने योजना बनाएपछि विरोध भएको छ।

बालेन्द्रले काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चढेर झापा ५ का सबै मतदान केन्द्र घुम्ने योजना बनाएको थाहा पाएपछि विरोध भएको हो ।

उनको उक्त योजनालाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आपत्ति प्रकट गरेका थिए ।

मुख्यमन्त्री कार्कीले बालेनको यो कदमलाई मतदातालाई प्रभावित बनाउने प्रयास भन्दै आपत्ति जनाए। उनको आपत्तिपछि निर्वाचन आयोगले अन्य उम्मेदवारलाई हेलिकप्टर प्रयोग गर्न नदिने भएको छ।

विरोधपछि मतदान गरेर बालेन सवार हेलिकप्टर झापामा अतवरण नगरी काठमाडौं फर्किएको छ ।

उक्त हेलिकप्टर झापामा अतवरण नभएपछि त्रिभुवन विमानस्थलमा फर्किरहेको विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले जानकारी दिए ।

त्यसपछि निर्वाचन आयोगलेसमेत बालेनको उक्त योजना कार्यान्वयन हुनुअघि नै रोक लगाउन लागेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उम्मेदवारको हेलिकप्टर प्रयोगबारे अर्को पक्षबाट आपत्ति प्रकट भएको जनाउँदै यसबारे छलफल भइरहेको बताए ।

‘हामीकहाँ गुनासो आएको छ । यसबारे अहिले छलफलमा छौँ’, उनले भने, ‘सरकारबाट पनि यसबारे ध्यानाकर्षण भएकाले उचित निर्णय लिँदैछौँ।’

काठमाडौं–२ को मतदान केन्द्रमा मतदान गरेपछि बालेन झापा क्षेत्र नम्बर ५ मा जान लागेका थिए । साहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।

उनी माउन्टेन एअरको हेलिकप्टरमार्फत् झापा जान लागेका थिए । झापा ५ का उम्मेदवार उनले हेलिकप्टर चढेर झापा ५ का मतदातालाई प्रभावित पार्न खोजेको गुनासो अन्य उम्देवारले पनि आयोगलाई गराएका थिए। ।

बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् । यो क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका रञ्जित तामाङ र कांग्रेसकी मन्धरा चिमोरिया चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ३५ बजे

प्रधानमन्त्री बालेन्द्र केही मन्त्री हटाउने जोडघटाउमा लागेका हुन् ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले पर्फर्मेन्स नपुगेका केही मन्त्रीहरू हेरफेरको सन्दर्भमा

विश्वकपमा नपुगेको चीन आर्थिक रूपमा सबैभन्दा ठूलो विजेता बन्दै !

हङकङ- स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि

विश्वकप उपाधि भिडन्तमा ‘१९’ को अनौठो संयोग : पहिलो पटक आमनेसामने हुँदै मेस्सी र यामाल

काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज