मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान « Khabarhub

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन् । उनले काठमाडौंबाट मतदान गरेकी हुन्।

मन्त्री श्रेष्ठले भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ की मतदाता हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरिन्। 

उनले भनिन्, ‘आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ। तपाईँहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु।’

श्रेष्ठले मन्त्रालयको नेतृत्व सम्हालेपछि महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको अधिकार र सहभागिता बढाउने दिशामा विभिन्न पहलहरू अघि बढाएकी छन् ।

विशेषगरी सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्ने तथा महिला र अपाङ्गता भएका व्यक्तिहरूको सार्वजनिक जीवनमा सहभागिता बढाउने विषयमा उनले सक्रिय पहल गर्दै आएकी छन् ।

मन्त्री श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १ : ०९ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको