बाजुरामा मतपेटीका सङ्कलन जारी « Khabarhub

बाजुरामा मतपेटीका सङ्कलन जारी


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार ११८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको छ। जम्मा ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।

यो निर्वाचन तुलनात्मक रुपमा विगतका निर्वाचनभन्न्दा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए। हाल मतपेटिका सङ्कलन भइरहेको छ। दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत आजै जिल्ला सदरमुकाम मार्तडी पुर्‍याइएकाे छ ।

अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मतपेटिका विच्छ्या प्रहरीचौकीमा सङ्कलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलले बताए ।

जिल्ला सदरमुकाम मार्तडी आसपासका मतपेटिका मतगणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा ल्याइसकिएको र अन्य क्षेत्रको मतपेटिका सुरक्षाकर्मीले ल्याउने तयारी सकिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारीसाधनमा आज राति नै नेपाली सेनासहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ। यहाँ कूल ८७ हजार ८६१ मतदाता कायम छन्। तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई अन्य मतदाता छन् ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ७ : ५१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम