नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई « Khabarhub

नेपालमा शान्तिपूर्ण निर्वाचन भएको भन्दै अमेरिकाले दियो बधाई


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संयुक्त राज्य अमेरिका ले बधाई दिएको छ । अमेरिकी दूतावास नेपालले बिहीबार सम्पन्न निर्वाचनका लागि नेपाली जनता र सम्बन्धित निकायलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको हो ।

दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ।

अमेरिकाले नेपालमा लोकतान्त्रिक अभ्यासलाई निरन्तर समर्थन गर्दै आएको बताउँदै नयाँ सरकारसँग विभिन्न साझा प्राथमिकतामा सहकार्य अघि बढाउने संकेत गरेको छ ।

नेपालमा एमसीसी परियोजना कार्यान्वयन गराइरहेको अमेरिकाले पछिल्लो समय सुरक्षासम्बन्धी एसपीपी पनि अघि बढाउनु पर्ने बताइरहेको छ। सैन्य गठबन्धनसम्बन्धी एसपीपीमा जान नेपाल तयार भएको छैन । तर अमेरिकाले यसलाई लिएर नेपालसँग पटकपटक संवाद गरिसकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ४६ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने