भलिबलको एउटै टिममा परिचारका चार सदस्य « Khabarhub

भलिबलको एउटै टिममा परिचारका चार सदस्य


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । ६ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् ।

दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । ‘बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ’, नरेशले भने, ‘हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।’ कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आएका छन् । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उनका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्छन् । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका–७ धारापानी र वडा नम्बर २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ ।

नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन–तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गरे । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् ।

नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिएका छन् । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जितेका थिए । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्किएका हुन् । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आएका छन् ।

आठवटा घोडा पालेका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पुग्ने गर्छन् । फुर्सदको समय र मेलाजात्रामा उनीहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जान्छ । उनीहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्टे«लियामा रहेका इम रोकाले शनिबार २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराएका छन् । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्टे«लियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : ५५ बजे

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा