सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’ « Khabarhub

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ ।

यस विद्यालयमा नयाँ शैक्षिकसत्रमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या विद्यालयले धान्न नसक्ने गरी आइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 

विसं २०७१ अघिसम्म ३७१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल भर्नाका लागि प्रवेश परीक्षा दिन आउनेको भीड लागेको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तरमाथि गरिने शंका यस विद्यालये भने चिरेको छ ।  

आधारभूत तह र माध्यमिक तहमा गरी तीन हजार विद्यार्थी अध्ययनरत महेन्द्रनगर माविमा ९२ जना शिक्षक कर्मचारी कार्यरत छन् । विसं २०७२ मा विद्यार्थी व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्व गरिरहेका वीरेन्द्रराज विष्ट चौथो पटक विद्यालय व्यवस्थापनको नेतृत्वमा छन्।

‘म विद्यालय व्यवस्थापन समितिमा प्रवेश गर्दा ३७१ विद्यार्थी र १४–१५ जना मात्रै शिक्षक कर्मचारी थिए’, अध्यक्ष विष्टले भने, ‘यसपटक व्यवस्थापन समितिबाट बाहिरिन खोजेको तर अभिभावकहरूले दिनुभएन ।’ यो विद्यालय सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो । 

‘त्यो बेला तीन जना दरबन्दीको शिक्षकको तलबबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउनुपर्ने परिस्थिति थियो । विद्यालयको आर्थिक स्रोत निकै कमजोर थियो’, अध्यक्ष विष्टले भने, ‘अहिले निजी स्रोतका शिक्षकहरूलाई पनि सरकारले तोकेअनुरुपकै तलब खुवाउन सक्ने भएका छौँ ।’

एक्काइस वर्षको उमेरमै विद्यालय व्यवस्थापन समितिको बागडोर सम्हाल्नुभएका विष्टकै सक्रियतामा हाल विद्यालयमा प्राविधिकतर्फ र नियमित गरी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । विसं २०३३ मा स्थापना भएको उक्त विद्यालयको समग्र अवस्थाबारे बुझ्न अहिले मुलुकभरबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारी आउने गर्छन् ।

विद्यालयमा ७२ जना आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारी कार्यरत छन् । तीस जना शिक्षक कर्मचारी दरबन्दीमा कार्यरत छन् । ‘नर्सरीदेखि १२ कक्षासम्म प्रवेश परीक्षा लिएर मात्र भर्ना लिन्छौँ’, विष्टले भने, ‘अहिले भर्नाका बेला सिट क्षमताभन्दा तेब्बरले प्रवेश परीक्षा दिइरहेका छन् ।’

यो विद्यालय २०७५ देखि सिटीइभिटी कार्यक्रमअन्तर्गत बाली विज्ञान, २०७६ देखि सिभिल ओभरसियर, २०७९ बाट सबओभरसियर, २०७६ मा नमूना विद्यालयमा छनोट भएको थियो । 

‘२०७८ देखि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन छ । २४ जना छात्र छात्रावासमा आश्रित छन्’, उनले भने, ‘विज्ञान, वाणिज्य, शिक्षा, कानुन र प्राविधिकतर्फ कार्यक्रम सञ्चालित छन् ।’ दुई वर्षअघिदेखि यहाँ २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम पनि सञ्चालनमा छ । 

‘कक्षा ८, ९ र १० का विद्यार्थीलाई ‘संसार चिनाऊ’ कार्यक्रम सञ्चालन छ, हाम्रोमा कार्यरत शिक्षक कर्मचारी सबैका छोराछोरी यहीँ अध्ययनरत छन्, उनले भने । विद्यालयको शैक्षिक गुणस्तरमा भएको सुधार र आन्तरिक व्यवस्थापन सक्षम भएकै कारण करिब २० किलोमिटर टाढादेखि विद्यार्थी साइकल चढेर आउने गरेको समितिले जनाएको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १२ : २१ बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा