रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा  « Khabarhub

रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा 


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।

विज्ञप्ति जारी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८–९ मा युद्धविराम घोषणा गर्नु भएको छ, भने युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेका छन्  । 
 
किएभ प्रशासनले विश्व युद्धको विजय उत्सवको ८१ औँ वार्षिकोत्सवको कार्यक्रममा बाधा पुर्याउने उद्देश्यले आपराधिक कार्य गर्ने प्रयास गरेमा रूसी सशस्त्र बलले किएभको केन्द्रमा प्रतिक्रियात्मक आक्रमण गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

साथै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्धविराम सुरु गर्ने घोषणा गरेका हुन्।  यो समय अवधिमा मौन र शान्ति सुरक्षाको  सुनिश्चित भएको अवस्था रहने उनले बताएका छन् ।

रूसमा मे –९ मा  दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौं मानिसहरूको सम्झनामा विजय दिवस मनाउनु गरिन्छ । 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १२ : ३१ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने