पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त « Khabarhub

पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका विभिन्न निकायका ३० जना भन्दा बढी पदाधिकारीहरूलाई पदमुक्त गरेको छ ।

मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, सांस्कृतिक संस्थान, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का सबै पदाधिकारी पदमुक्त भएको जनाएको हो ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा (२)को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीलाई पदमुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १ : ०२ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका