देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै « Khabarhub

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार विरोधी प्रदर्शन चर्काएका छन् । संघीय सरकार र स्थानीय सरकारहरूले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मानिसहरूलाई आफ्नो घरटहरा खाली गर्न सूचना जारी गरेपछि उनीहरूले आ–आफ्नो ठाउँबाट विरोध गर्न थालेका हुन् ।

मंगलबार बाँकेको कोहलपुर, बर्दियाको गुलरिया र झापामा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ठूलो प्रदर्शन गरेका छन् । सरकारले सूचना जारी गर्दै उनीहरूको आवास क्षेत्रमा डोजर लगाउने तयारी गरेपछि ‘डोजर आतंक बन्द गर’ भन्ने नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले पोखरा, हेटौँडा, घोराही, बर्दिया लगायतका ठाउँमा प्रदर्शन गरेका थिए । संघीय सरकारको पहलमा काठमाडौं उपत्यकाका विभिन्न दर्जनौँ सार्वजनिक ठाउँमा बस्दै आएका हजारौँ सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको घर टहरा भत्काइसकिएको छ ।

जसले गर्दा ठूलो संख्याका परिवार घरबारविहीन बन्न पुगेका छन् । साथै, सरकारले स्थानीय तहलाई पनि सोही अनुसारको सूचना जारी गरेपछि केही स्थानीय तहले सोही अनुसारको सूचना जारी गरेका छन् ।

जसका कारण देशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शन विस्तार हुँदै गएको देखिएको छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने कुनै पनि नागरिकलाई आवासविहीन हुन नदिने बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ५९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा