देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै « Khabarhub

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार विरोधी प्रदर्शन चर्काएका छन् । संघीय सरकार र स्थानीय सरकारहरूले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मानिसहरूलाई आफ्नो घरटहरा खाली गर्न सूचना जारी गरेपछि उनीहरूले आ–आफ्नो ठाउँबाट विरोध गर्न थालेका हुन् ।

मंगलबार बाँकेको कोहलपुर, बर्दियाको गुलरिया र झापामा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ठूलो प्रदर्शन गरेका छन् । सरकारले सूचना जारी गर्दै उनीहरूको आवास क्षेत्रमा डोजर लगाउने तयारी गरेपछि ‘डोजर आतंक बन्द गर’ भन्ने नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले पोखरा, हेटौँडा, घोराही, बर्दिया लगायतका ठाउँमा प्रदर्शन गरेका थिए । संघीय सरकारको पहलमा काठमाडौं उपत्यकाका विभिन्न दर्जनौँ सार्वजनिक ठाउँमा बस्दै आएका हजारौँ सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको घर टहरा भत्काइसकिएको छ ।

जसले गर्दा ठूलो संख्याका परिवार घरबारविहीन बन्न पुगेका छन् । साथै, सरकारले स्थानीय तहलाई पनि सोही अनुसारको सूचना जारी गरेपछि केही स्थानीय तहले सोही अनुसारको सूचना जारी गरेका छन् ।

जसका कारण देशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शन विस्तार हुँदै गएको देखिएको छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने कुनै पनि नागरिकलाई आवासविहीन हुन नदिने बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  २ : ५९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली