मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास « Khabarhub

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनका समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि भक्तपुरमा विपद् प्रतिकार्य तथा जल उद्धार अभ्यास गरिएको छ ।  

भक्तपुर जिल्लामा आइपर्ने विभिन्न विपद् तथा प्राकृतिक प्रकोपको प्रतिकार्य तथा पूर्व तयारीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–१ स्थित भाज्या पुखुमा जल उद्धार अभ्यास गरेको हो । 

सो क्रममा पोखरीमा डुबेका व्यक्तिलाई ज्यान जोगाउने, उद्धार गरेर ल्याएर प्राथमिक उपचार गर्ने, रबर बोटको प्रयोगसम्बन्धी अभ्यास गरिएको थियो । 

विभिन्न विपद् तथा प्राकृतिक प्रकोपको प्रतिकार्य तथा पूर्व तयारीका लागि भक्तपुरमा कार्यरत प्रहरीलाई तयारी अवस्थामा राख्नका लागि अभ्यासको आयोजना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दाताराम अधिकारीले बताए । 

विपद् प्रतिकार्य तथा जल उद्धार अभ्याससँगै विपद् प्रतिकार्यका लागि भक्तपुरमा प्रहरीको तयारी चुस्त पारिएको परिसरले जनाएको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ०३ बजे

ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।