सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ « Khabarhub

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक प्रकृतिका विषय भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै हमालले खुला सीमाका कारण नेपाल र भारतका नागरिकबीच शताब्दीयौंदेखि सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन्।

नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउनु वा क्षतिग्रस्त हुनु, बस्ती विस्तार तथा खेतीपातीसँग सम्बन्धित गतिविधिका कारण देखिने सीमा विवादहरू प्रायः स्थानीय र प्रशासनिक प्रकृतिका हुने उनको तर्क छ।

यस्ता समस्याको समाधान संवाद, संयुक्त सर्वेक्षण तथा दुई देशबीचको सहकार्यबाट सम्भव हुने उनले बताएका छन् ।

तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्ण रूपमा फरक विषय भएको हमालले बताएका छन्। कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुँदा त्यहाँ सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन तथा सरकारी अधिकार लागू गर्ने जस्ता गतिविधि सञ्चालन गरिने उनले बताएका छन् ।

हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन्।

उनले वर्तमान विश्व राजनीतिक अवस्था अस्थिर र अनिश्चित बन्दै गएको भन्दै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक पर्ने धारणा व्यक्त गरेका छन्।

यस्ता गुणको अभाव भए राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ। हमालको यो अभिव्यक्ति सीमा विवाद, राष्ट्रिय सार्वभौमिकता र नेतृत्व क्षमतासम्बन्धी बहस चलिरहेका बेला आएको हो।

उनले सीमासम्बन्धी सबै विवादलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने र स्थानीय स्तरका समस्या तथा राज्यस्तरबाट हुने गतिविधिबीच स्पष्ट भिन्नता छुट्याएर बुझ्नुपर्ने आवश्यकता औंल्याएका

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १२ : १३ बजे

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’