दुई महिना नपुग्दै विपद्का १८ सय बढी घटना, ८६ जनाको मृत्यु « Khabarhub

दुई महिना नपुग्दै विपद्का १८ सय बढी घटना, ८६ जनाको मृत्यु


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि जेठ २२ गतेसम्मको छोटो अवधिमा देशभर विपद्का घटनामा परी ८६ जनाको मृत्यु भएको छ । ४ सय ७२ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार उक्त अवधिमा विपद्का  १ हजार ८ सय ४९ घटना दर्ता भएका छन् । 

यस अवधिमा विपद्का कारण कुल २ हजार ४ सय ४८ परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।  

लेक लाग्नु र आगलागीबाट सबैभन्दा बढी मानवीय क्षति 

प्राप्त विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी मानवीय क्षति लेक लाग्नु र आगलागीका कारण भएको छ । लेक लाग्नु ४५ वटा घटनामा सबैभन्दा धेरै १८ जनाको मृत्यु भएको छ भने २८ जना घाइते र ४४ परिवार प्रभावित भएका छन् ।

त्यस्तै यस अवधिमा सबैभन्दा धेरै ६ सय ३६ वटा आगलागीका घटनाहरू भएका छन् । जसमा १५ जनाको मृत्यु र ७८ जना घाइते भए भने ६८८ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् ।

चट्याङ, हावाहुरी र सर्पदंशका घटना बढ्दै 

गर्मी र वर्षाको सुरुवाती मौसमसँगै चट्याङ र हावाहुरीले पनि ठूलो क्षति पुर्‍याएको तथ्यांकले देखाएको छ । यो अवधिमा १ सय ४८ वटा चट्याङका घटनामा परी १४ जनाको मृत्यु भएको छ र ८४ जना घाइते भएका छन् । त्यस्तै ४ सय वटा विनाशकारी हावाहुरीका घटनामा १३ जनाको मृत्यु हुनुका साथै  ५९ जना घाइते र १ हजार १ सय ४९ परिवार प्रभावित भएका छन् । 

तराई तथा पहाडी क्षेत्रमा १ सय ७५ वटा सर्पदंशका घटना हुँदा ९ जनाको मृत्यु र १६६ जना घाइते भएका प्राधिकरणद्वारा जारी तथ्यांकमा उल्लेख छ । 

विपद्का अन्य घटनाहरू वन्यजन्तुको आक्रमण ७ जना, बाढी र पहिरोमा परी ६ जना,  डुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना र हिउँ पहिरोबाट १ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । 

सरकार तथा सरोकारवाला निकायहरूले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम अझै बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र आवश्यक सूचनाका लागि प्राधिकरणको आधिकारिक सामाजिक सञ्जाल पेजहरू पछ्याउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १२ : ५४ बजे

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’