अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ « Khabarhub

अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यहाँस्थित नेपाली सेना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमद्वारा राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको बृहत् सरसफाइ गरिएको छ। 

सैनिक उच्चशिखर शिक्षालय कैसाङको आयोजना तथा एक्याप जोमसोमको समन्वयमा मनाङ–मुस्ताङ सीमाना थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको बृहत् सरसफाइ गरिएको हो ।

यहाँको सैनिक उच्च शिखर शिक्षालयका आयोजनामा उच्च हिमाली तथा तथा दुर्गम पहाडी क्षेत्रमा नेपाली सेनाका जवानहरूलाई हिमाली युद्ध कला तथा विपद् प्रतिकार्य सम्वन्धि तालिम दिने क्रममा मनाङ हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकीय पदमार्गको सरसफाइ गरिएको हो । 

समुन्द्री सतहको ५४१६ मिटरको उचाइमा अवस्थित थोरङ्पासदेखि समुद्री सतहको ४२ सय मिटरको उचाइमा रहेको थोरङफेदी (च्याम्बर भू) सम्म करिब १७० जना बढी सैनिक शिक्षार्थीहरूले फोहर संकलन गरी सरसफाइ गरेको एक्याप जोमसोमका प्रमुख राजेश गुप्तले जानकारी दिए । 

उक्त पदमार्गको फोहर संकलन केन्द्रमा जम्मा भएका फोहर र सरसफाई गरी संकलन गरिएका फोहर गरी ४० बोरा थोरङ्फेदीको सडकमार्गसम्म झारिएको थियो । त्यसपछि संकलित गरी थोरङफेदी झारिएका फोहरलाई एक्यापले जोमसोम कार्यालयमा ल्याएको प्रमुख गुप्तले बताए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत लमजुङको बेँसी सहरदेखि मनाङ हुँदै विदेशी पर्यटक उक्त पदमार्ग प्रयोग गरी मुस्ताङ आइपुग्छन् । राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोरङपास पर्यटकीय पदमार्ग कठिन र चुनौतीपूर्ण पर्यटकीय पदमार्ग हो । उक्त पदमार्गमा बर्सेनि चैत र वैशाख र असोज र कात्तिकमा विदेशी पर्यटकले बढी मात्रामा पदयात्रा गर्ने गरेको एक्याप प्रमुख गुप्तले बताए।

मनाङ मुस्ताङ पर्यटकीय पदमार्गमा पर्यटकहरूले मिल्काएका फोहर संकलन गरी व्यवस्थापन गर्ने कार्य भएको प्रमुख गुप्तको भनाइ छ । 

उच्च हिमाली पर्यटकीय पदमार्गहरूमा फोहरमैला व्यवस्थापन गरी वातावरणीय स्वच्छता तथा दिगो पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन सैनिक शिक्षार्थीहरूले महत्त्वपूर्ण भूमिका खेलेको एक्यापले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १ : ४४ बजे

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि

नेप्से परिसूचक ११ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव

भारतले ब्याजदर ५.२५ प्रतिशतमै कायम राख्यो

नयाँदिल्ली- मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमाथि थप दबाब

अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

चितवन– बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय

त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ल्याउन तथा लिन आउने सवारीसाधनले १५