१८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने भारतीय युवक पक्राउ « Khabarhub

१८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने भारतीय युवक पक्राउ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १८ प्लस प्राइभेट भिल्ला पार्टीको नाममा ठगी गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सामाजिक सञ्जालमार्फत ‘प्राइभेट भिल्ला पार्टी (१८ प्लस)’ चलाउने भन्दै ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले अनुसन्धानका क्रममा भारत ओडिसा, केन्द्रापारा (पटामदेही) घर भई हाल काठमाडौं महानगरपालिका–२३, झोछेमा बस्दै आएका १९ वर्षीय सुभम मोहन्ती लाई पक्राउ गरेको हो।

उनलाई बुधबार काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले फेसबुकमा ‘नेपाल सर्भिस’ नामक आईडी तथा ह्वाट्सएपमार्फत् विभिन्न व्यक्तिलाई आकर्षक अफर देखाएर पैसा अनुसार केटी तथा मदिरासहितको पार्टी सेवा दिने भन्दै पोस्ट तथा सन्देश पठाउने गरेका थिए।

त्यसपछि ग्राहकलाई काठमाडौंका विभिन्न स्थानमा रहेको घरमा लगेर सुविधा दिने बहानामा ठगी गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मोहन्तीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ।

कार्यालयले सामाजिक सञ्जालमार्फत देखाइने अनावश्यक प्रलोभन र ‘अनलाइन अफर’ मा नपर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

सूचना अधिकारी प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही हुने बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १ : ५८ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा