सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार  « Khabarhub

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार गरिएका दावा शेर्पाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।

शेर्पा उपचाररत ह्याम्स अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ५७ वर्षीय शेर्पालाई अस्पताल ल्याइएपछि गम्भीर डिहाइड्रेसन (शरीरमा पानीको कमी), दुवै हातका कान्छी औँलामा दोस्रो चरणको शीतदंश (फ्रोस्टबाइट), दाहिने हातको बुढी औँला र बीचको औँलामा पहिलो चरणको शीतदंश तथा दाहिने खुट्टाको फेमोरल कन्डायल (घुँडानजिकको हड्डी) भाँचिएको र तिघ्रामा रक्तस्रावजन्य हेमाटोमा भएको थियो ।

हाल उनी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेका छन् । अस्पतालका अनुसार उनको उपचारमा फ्रोस्टबाइट नियन्त्रणका लागि इन्ट्राभेनस इलोप्रोस्ट थेरापी, अक्सिजन, सलाइन तथा आवश्यक अन्य सहयोगात्मक उपचार समावेश गरिएको छ। 

अस्पतालले शेर्पाको स्वास्थ्य अवस्था स्थिर रहेको र डिहाइड्रेसनमा उल्लेखनीय सुधार देखिएको जनाएको छ । विभिन्न विधाका चिकित्सकहरूको टोलीले उनको निरन्तर निगरानी गरिरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार शेर्पालाई थप केही दिन आईसीयूमा राखेर उपचार तथा निगरानी गरिनेछ ।

अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे आवश्यकतानुसार थप जानकारी सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  २ : ३७ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा