प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति « Khabarhub

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिका लागि सुरु गरेको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । 

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २० जेठमा विभिन्न निकायका लागि माग गरिएको आवेदन रद्द गरेको जनाएको छ ।  मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारी र सदस्यका लागि आवेदन माग गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक गरेको थिएन । 

मन्त्रालयले स्थगनसम्बन्धी सूचना जारी गर्दै अर्को सूचना केही दिनमै प्रकाशित गर्नेसमेत जनाएको छ । यसअघि मन्त्रालयले रिक्त विभिन्न परिषद्हरूमा पदाधिकारी तथा सदस्यका लागि १० दिनभित्र दरखास्त दिन आह्वान गरेको थियो । 

तर, सूचना प्रकाशन गरेको दुई दिनसम्म पनि आवेदनका साथ पेस गर्नुपर्ने आवश्यक कागजात र मापदण्डको विवरण सार्वजनिक नगरेपछि अन्योल भएको थियो । 

सरकारले अध्यादेशमार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा १९३ पद रिक्त भएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ०८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५