छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ « Khabarhub

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

सम्पत्तिको स्रोत, रेमिट्यान्स र शेयर कारोबारको विवरण समेटियो


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको छ ।

समितिका संयोजक अच्युतम् प्रसाद भण्डारीले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा भने, ‘उहाँको सम्पत्तिको स्रोत के–के हो, त्यो सबै समेटेका छौं । मन्त्रिपरिषद् र निर्वाचन आयोगमा पेश गरेको सम्पत्ति विवरण पनि समावेश गरेका छौं ।’

भण्डारीका अनुसार समितिले नेपाल संस्था, रेमिट्यान्स र दीपक भट्टसँगको कारोबारबारे पनि गहिरो छानबिन गरेको छ । सुधन गुरुङले प्रयोग गर्ने गाडीसम्बन्धी विवरणका लागि यातायात कार्यालयको चिठीसमेत प्रतिवेदनमा राखिएको उनले बताए ।

‘रेमिट्यान्स कहाँबाट, कुन बैंकबाट र कसले पठाएको हो ? नातेदार हो वा अन्य व्यक्ति ? सबै कुरा खुलाएका छौं,’ भण्डारीले भने ।

समितिले गुरुङको नाममा देखिएका सम्पत्तिहरू वास्तविक नामसँग मिल्छन् कि मिल्दैनन् भन्ने तथ्यगत विवरण पनि संकलन गरेको उनले बताए ।

छानबिनका क्रममा समितिको कार्यालयमा बोलाएर बयान लिएको र कतिपयलाई जुममार्फत् सोधखोज गरिएको पनि उनले बताए ।

तर, समितिले अझै सार्वजनिक रूपमा ‘सम्पत्ति भिड्यो कि भिडेन’ भन्ने निष्कर्ष दिएको छैन । भण्डारीले भने, ‘म अहिले भन्न सक्दिनँ, किनकि कतिपय कुरा गोप्य राख्नुपर्ने हुन्छ ।’

समितिले प्रतिवेदनलाई आधिकारिक निकायबाट सार्वजनिक गर्नुपर्ने माग गरेको छ । ‘प्रतिवेदनमा आत्मगतभन्दा वस्तुगत व्याख्या छ । हामीले वस्तुगत आधारसहित यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छौं,’ भण्डारीले बताए ।

यो छानबिन समितिले सुधन गुरुङको सम्पत्ति शुद्धीकरण, स्रोत र शेयर कारोबारको विषयलाई मुख्य रूपमा केन्द्रित गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ०४ बजे

किमको आह्वान : देशको सैन्य क्षमतालाई अझ आक्रामक र विनाशकारी बनाउने

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन