मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल « Khabarhub

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ । पछिल्लो प्रतिवेदन अवधिमा यस क्षेत्रको राजस्व ४७ दशमलव सात प्रतिशतले बढेको मालदिभ्सको सरकारी सञ्चारमाध्यम ‘पीएसएम न्यूज’ले जनाएको छ ।

मालदिभ्सको आन्तरिक राजस्व प्राधिकरणको तथ्याङ्क उद्धृत गर्दै पीएसएम न्युजले डिसेम्बर २०२५ देखि फेब्रुअरी २०२६ सम्मको अवधिमा समग्र पर्यटन क्षेत्रले ४४७ मिलियन अमेरिकी डलर बराबरको ‘आउटपुट कर’ सङ्कलन गरेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३७१ मिलियन डलरको तुलनामा २० दशमलव पाँच प्रतिशतले बढी हो ।

प्रतिवेदनअनुसार डाइभिङ व्यवसायको राजस्व अघिल्लो वर्षको २१ दशमलव ६८ मिलियन डलरबाट बढेर ३२ दशमलव ०३ मिलियन डलर पुगेको छ, जसले यो क्षेत्रलाई पर्यटन उद्योगको सबैभन्दा तीव्र गतिमा बढिरहेको उपक्षेत्र बनाएको छ ।

यसैगरी, वाटर स्पोट्र्स सेन्टरको राजस्व ४९ दशमलव २० प्रतिशतले वृद्धि भई आठ दशमलव दुई मिलियन डलरबाट १२ दशमलव ३७ मिलियन डलर पुगेको छ । 

होमस्टे तथा गेस्टहाउसले पनि ६० दशमलव आठ प्रतिशतको वृद्धि दर्ता गरेका छन्, यद्यपि समग्र पर्यटन बजारमा तिनको योगदान तुलनात्मक रूपमा सानो रहेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन राजस्वको सबैभन्दा ठूलो हिस्सा ओगट्ने रिसोर्टको आयमा भने २१ प्रतिशतले वृद्धि भएको छ ।

पीएसएम न्युजका अनुसार उक्त अवधिमा मालदिभ्समा आउने पर्यटकको कुल सङ्ख्यामा ११ दशमलव छ प्रतिशतले वृद्धि भएको छ, जसले पर्यटन क्षेत्रको समग्र वृद्धिमा योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १२ : २१ बजे

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार