चीनद्वारा पास्टर एज्रा जिन रिहा « Khabarhub

चीनद्वारा पास्टर एज्रा जिन रिहा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङ्सँग उक्त मुद्दा उठाएपछि जिनलाई रिहा गरिएको चर्च र परिवारले आइतबार एएफपीलाई पुष्टि गरेका हुन् ।

पास्टर एज्रा जिन जायन चर्चका संस्थापक हुन् । यो चीनमा दर्ता नभएका चर्चमध्ये एक हो, जहाँ केही इसाइले सरकारी नियन्त्रणमा रहेका चर्चको सट्टा स्वतन्त्र रूपमा उपासना गर्ने गर्छन् ।

जिनलाई अक्टोबर १०मा ‘सूचना सञ्जालको अवैध प्रयोग’ को आरोपमा अन्य चर्च सदस्यसहित पक्राउ गरिएको थियो । उनलाई हिरासतबाट मुक्त गरिएपछि शनिबार लस एन्जलस पुगेको अधिकार समूह चाइनाएडले जनाएको छ ।

रिहाइलाई चीनले अमेरिका स्वतन्त्रता दिवसको अवसरमा गरिएको ‘सद्भावना सङ्केत’का रूपमा व्याख्या गरेको बताइएको छ । चर्चका अनुसार, उक्त रिहाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीचको छलफलको परिणामस्वरूप भएको हो ।

पास्टर जिनकी छोरी ग्रेसले आफ्नो बुबाको रिहाइलाई ‘ठूलो चमत्कार’ भन्दै धन्यवाद व्यक्त गरेकी थिइन् । उनले यो घटनाले चीनमा धार्मिक स्वतन्त्रता र दुई देशबीचको सम्बन्धमा सकारात्मक परिवर्तनको सङ्केत दिनसक्ने आशा व्यक्त गरेकी थिइन् ।

चीनमा पछिल्ला महिनामा दर्ता नभएका चर्चमाथि निगरानी र कारबाही कडा बनाइएको छ । अधिकारीले विभिन्न स्थानमा चर्चका नेतालाई पक्राउ गर्नुका साथै धार्मिक संरचनामाथि नियन्त्रण बढाएको रिपोर्टमा उल्लेख छ ।

सन् २०१८ मा सरकारी दबाबपछि चर्च बन्द भएको थियो भने त्यसपछि यसको गतिविधि मुख्यतः अनलाइनमार्फत सञ्चालन हुँदै आएको थियो । रासस

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : १६ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने