चीनद्वारा पास्टर एज्रा जिन रिहा « Khabarhub

चीनद्वारा पास्टर एज्रा जिन रिहा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले हिरासतमा रहेका भूमिगत चर्चका संस्थापक पास्टर एज्रा जिनलाई रिहा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङ्सँग उक्त मुद्दा उठाएपछि जिनलाई रिहा गरिएको चर्च र परिवारले आइतबार एएफपीलाई पुष्टि गरेका हुन् ।

पास्टर एज्रा जिन जायन चर्चका संस्थापक हुन् । यो चीनमा दर्ता नभएका चर्चमध्ये एक हो, जहाँ केही इसाइले सरकारी नियन्त्रणमा रहेका चर्चको सट्टा स्वतन्त्र रूपमा उपासना गर्ने गर्छन् ।

जिनलाई अक्टोबर १०मा ‘सूचना सञ्जालको अवैध प्रयोग’ को आरोपमा अन्य चर्च सदस्यसहित पक्राउ गरिएको थियो । उनलाई हिरासतबाट मुक्त गरिएपछि शनिबार लस एन्जलस पुगेको अधिकार समूह चाइनाएडले जनाएको छ ।

रिहाइलाई चीनले अमेरिका स्वतन्त्रता दिवसको अवसरमा गरिएको ‘सद्भावना सङ्केत’का रूपमा व्याख्या गरेको बताइएको छ । चर्चका अनुसार, उक्त रिहाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपतिबीचको छलफलको परिणामस्वरूप भएको हो ।

पास्टर जिनकी छोरी ग्रेसले आफ्नो बुबाको रिहाइलाई ‘ठूलो चमत्कार’ भन्दै धन्यवाद व्यक्त गरेकी थिइन् । उनले यो घटनाले चीनमा धार्मिक स्वतन्त्रता र दुई देशबीचको सम्बन्धमा सकारात्मक परिवर्तनको सङ्केत दिनसक्ने आशा व्यक्त गरेकी थिइन् ।

चीनमा पछिल्ला महिनामा दर्ता नभएका चर्चमाथि निगरानी र कारबाही कडा बनाइएको छ । अधिकारीले विभिन्न स्थानमा चर्चका नेतालाई पक्राउ गर्नुका साथै धार्मिक संरचनामाथि नियन्त्रण बढाएको रिपोर्टमा उल्लेख छ ।

सन् २०१८ मा सरकारी दबाबपछि चर्च बन्द भएको थियो भने त्यसपछि यसको गतिविधि मुख्यतः अनलाइनमार्फत सञ्चालन हुँदै आएको थियो । रासस

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १ : १६ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको