सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन « Khabarhub

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति नलिएको स्पष्ट पारेका छन् ।  

आइतबार काठमाडौंमा नेपाल पत्रकार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए  ।  

उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने वा त्यसलाई सीमित गर्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने धारणा राखे । 

मन्त्री तिमिल्सिनाले सञ्चार माध्यमले स्वतन्त्रतासँगै व्यावसायिक आचारसंहिता, जबाफदेहिता र सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई संविधान र कानुनको दायराभित्र रहेर तथ्यमा आधारित तथा जिम्मेवार पत्रकारिता गर्नु रहेको उल्लेख स्पष्ट पारे । 

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतासँगै पत्रकारिताको व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्वको पनि उत्तिकै महत्त्व रहेको बताए । 

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै सरकारले सञ्चार क्षेत्रको स्वतन्त्रता, सुरक्षा र पेशागत वातावरण सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताए ।

मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनलाई अधिकारको रुपमा नहेर्न आग्रह गर्दै सो विषयमा छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्ने बताए । कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।   

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  २ : ०७ बजे

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित