सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित « Khabarhub

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार क्षेत्रीय द्वन्द्वका कारण ठप्प भएको छ । कन्दाहार प्रान्तमा लामो समयदेखि फस्टाउँदै आएको यो व्यापार पाकिस्तानसँगको सीमा बन्द र मध्यपूर्वको तनावले गम्भीर रूपमा प्रभावित भएको हो ।

पाकिस्तानसँगको सीमापार हिंसापछि अक्टोबरदेखि सीमा लगभग पूर्ण रूपमा बन्द हुँदा आयात मार्ग अवरुद्ध भएको थियो । विकल्पका रूपमा इरानको बन्दर अब्बास हुँदै तथा संयुक्त अरब इमिरेट्समार्फत ढुवानी गरिए पनि पछिल्लो मध्यपूर्व युद्धपछि ती मार्ग पनि प्रभावित भएका छन् ।

व्यवसायीका अनुसार जापानलगायत देशबाट आउने पार्टपुर्जा पहिले पाकिस्तान हुँदै स्पिन बोल्दाक पुग्थे, जहाँ गाडी एसेम्बल तथा मर्मतकार्य हुन्थ्यो । तर अहिले ढुवानी लागत अत्यधिक बढेको र आपूर्ति शृङ्खला अवरुद्ध भएको छ ।

व्यवसायी भन्छन्, मध्यपूर्वमा तनाव बढेपछि इरान वरपरको व्यापार मार्ग तथा ‘स्ट्रे‍ट अफ होर्मुज’ हुँदै हुने ढुवानी पनि प्रभावित भएको छ, जसले सङ्कट अझ गहिरो बनाएको छ ।

ढुवानी कम्पनीका अनुसार युएइको प्रमुख व्यापारिक केन्द्र जेबेल अली बन्दरगाहमा ढिलाइ बढ्दै गएको छ । यसका कारण जापान र युएइबीचको नियमित आपूर्ति प्रणालीसमेत प्रभावित भई अवरुद्ध भएको छ ।

स्थानीय व्यवसायीका अनुसार कन्टेनर लागत दुई हजार अमेरिकी डलरबाट बढेर आठहजार डलरसम्म पुगेको छ भने धेरै कन्टेनर युएइ र जापानमै अड्किएका छन् ।

विश्व बैङ्कले अफगानिस्तानलाई बाह्य आर्थिक झट्काको उच्च जोखिममा रहेको देश भन्दै आयात–निर्यात असन्तुलन बढ्दै गएको चेतावनी दिएको छ ।

स्पिन बोल्दाक बजारमा काम गर्ने हजारौँ मजदुर र व्यापारी प्रभावित भएका छन् । कार निर्माण, मर्मत र बिक्रीसम्बन्धी गतिविधि रोकिएपछि धेरैले रोजगारी गुम्ने जोखिम सामना गरिरहेका छन् ।

व्यवसायीले क्षेत्रीय तनाव समाधान भई अन्तरराष्ट्रिय जलमार्ग र सीमा मार्ग पुनः खुल्ने आशा व्यक्त गरेका छन् । रासस
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  २ : १९ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ