कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु « Khabarhub

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा दुर्घटना भई नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुहरूको खोजीकार्यका लागि आधुनिक प्रविधिसहितको गोताखोर टोली परिचालन गरिएको छ । असार १८ गते कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब ६-७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

दुर्घटना लगत्तै सुरु गरिएको उद्धार प्रयास अन्तर्गत सोही दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परे पनि गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ । नदीको तीव्र बहाव र गहिराइमा खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विषेशज्ञ टोली घटनास्थल आइपुगेको छ ।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ्गको नेतृत्वमा असार १९ गते पठाइएको ४ जना गोताखोरसहितको टोली आज घटनास्थल पुगेर उद्धार कार्यमा जोडिएको हो। योसँगै पहिलेदेखि नै खोजतलास गरिरहेका ६ जना र नयाँ आएका ४ जना गरी कुल १० जना गोताखोरहरूले संयुक्त रूपमा नदीमा खोज अभियान सुरु गरेका छन् । खोजी कार्यलाई प्रभावकारी बनाउन यसपटक पानीमुनि र भेलमा समेत काम गर्न सक्ने अत्याधुनिक सोनार क्यामरा तथा बोरोस्कोप क्यामराको प्रयोग गरिएको छ।

यसका साथै पानीभित्र ८ सय किलोसम्मको धातुलाई तान्न सक्ने विशेष म्याग्नेट (चुम्बक) समेत परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख र माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसको टोली खटिएको थियो भने थप मद्दतका लागि सुर्खेतस्थित नं. ६ महेश्वरी बाहिनी मुख्यालयबाट पनि टोली खटाइएको थियो।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ३ : ०३ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा