काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स « Khabarhub

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर रुपमा रहने भएको छ । 

यस सम्झौतासँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्स काठमाडौं गोर्खाजको मुख्य प्रायोजकका रुपमा रहनेछ भने टोलीको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ । 

यो सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठूलो र ग्लामरस फ्रेन्चाइज लिग एनपीएलमार्फत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्डलाई अझ सशक्त रुपमा दर्शकमाझ स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

काठमाडौं गोर्खाज र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीचको यो सहकार्य लगातार दोस्रो वर्षको साझेदारी हो ।

यसैगरी काठमाडौं गोर्खाजको व्यवस्थापन गरिरहेको माभरिक्सका संस्थापक-निर्देशक श्रवण बहादुर सिंहले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँगको साझेदारीले टोलीलाई थप ऊर्जा र आत्मविश्वास दिएको बताउँदै भने, ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलकुद क्षेत्रमा फरक छाप छोड्न सफल भएकोले अहिलेको अवस्थामा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको सहभागिताबिना कुनै ठूलो खेलकुद प्रतियोगिता कल्पना गर्ने गाह्रो भइसकेको छ ।’

संम्झौता कार्यक्रममा एग्रो थाई फुड्स प्रालिकी बजार व्यवस्थापक सोनिया रानाले नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता रहेकोले प्रतियोगितामा काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बन्न पाउँदा हामी अत्यन्त उत्साहित रहेको र एनपीएलसँगको सहकार्यले एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ब्रान्ड छविलाई अझ उचाइमा प्याउने विश्वास व्यक्त गरिन्  ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : १५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२