धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति « Khabarhub

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ । 

गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो । 

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गका रूपमा हेरिएको बेनी-दरबाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडासम्मको छ किलोमिटर सडकमा ढलान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले अन्तिम भुक्तानी र सामान्य मर्मतबाहेक योजनाका सबै काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार योजना निर्धारित समयमै सम्पन्न भएको हो । 

विसं २०८१ जेठ २० गते रामसागर विके–एसकेबिएस धौलागिरि जेभीसँग १४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । गौथली भिरलगायत स्थानमा एक हजार ७०० मिटर सडक ढलान गरिएको छ । 

सडकलाई आठ मिटर चौडा बनाइनुका साथै नाली र टेवा पर्खाल निर्माण गरिएको छ । यसअघि उक्त सडक चारदेखि पाँच मिटर मात्र चौडा थियो ।

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले हाल ग्राभेल मात्र रहेको तीन किलोमिटरभन्दा बढी सडकलाई पनि कालोपत्र गर्न प्रदेश सरकारसँग पहल भइरहेको बताए । 

उनले भने, ‘मार्ग खुलेको १८ वर्षपछि भए पनि सडक स्तरोन्नति हुनु हाम्रो वडाका लागि सकारात्मक उपलब्धि हो । बजेट अभावका कारण कालोपत्र हुन नसकेको खण्डलाई पनि कालोपत्र गराउन प्रदेश सरकारसँग पहल गरेका छौँ ।’

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँच वडाका बासिन्दाको प्रमुख आवागमन मार्ग हो । 

यसै सडक आयोजनाअन्तर्गत दरबाङ–धारापानी (सात किलोमिटर) र मच्छिम-मुना (चार किलोमिटर) खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र तथा ढलान गर्न ५८ करोड ८० लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भई अर्को योजना निर्माणाधीन रहेको म्याग्दी निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

उनका अनुसार विसं २०८२ असारमा सम्झौता भएको उक्त योजनाको ठेक्का अवधि २७ महिनाको छ । 

म्याग्दीका मङ्गला  मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौं आवतजावत गर्दा करिब ७० किलोमिटर दूरी छोटिने भएकाले यस सडकलाई रणनीतिक महत्वको मानिएको उनले बताए । 

धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि खोरिया, मरेनी, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरासम्म जोड्ने सडक गत फागुनमा सञ्चालनमा आएको थियो । रासस

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ६ : ४२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२