कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई « Khabarhub

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । 

जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो ।

उनीलाई ५१ हजार नगद रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले सो पुरस्कार स्थापना गरेका हुन् । 

उक्त पुरस्कारबाट हालसम्म साहित्यकार झपेन्द्र जिसी, वैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका प्रमुख डा रचेल कारख र साहित्यकार मोहन दुवाललाई पुरस्कृत गरिसकिएको प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीले बताए ।

पाल्पाको इतिहासमा शिक्षा साहित्य र राजनीतिको क्षेत्रमा स्वर्गीय कमलराज रेग्मीको योगदान अमूल्य रहेको अध्यक्ष रेग्मीले बताए । 

उनले भने, ‘उहाँ २००७ सालका क्रान्तिका कमान्डर हुनुहुन्थ्यो । उहाँका नाममा यहाँ पुरस्कार राशी स्थापना हुनु पाल्पाका लागि गौरवको विषय हो ।’

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ५८ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको