कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई « Khabarhub

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर शाक्यलाई प्रदान गरिएको छ । 

जिल्लास्थित शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालद्वारा कमलराज रेग्मीका नाममा स्थापित उक्त पुरस्कारबाट शाक्यलाई प्रदान गरिएको हो ।

उनीलाई ५१ हजार नगद रुपैयाँ, दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको छ । प्रतिष्ठानका संरक्षक वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले सो पुरस्कार स्थापना गरेका हुन् । 

उक्त पुरस्कारबाट हालसम्म साहित्यकार झपेन्द्र जिसी, वैधराज विश्वमान बज्राचार्य, समाजसेवी राधा भारती, कलाकार अशोक आर्ट, शिक्षाविद् बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालका प्रमुख डा रचेल कारख र साहित्यकार मोहन दुवाललाई पुरस्कृत गरिसकिएको प्रतिष्ठानका अध्यक्ष पुस्करराज रेग्मीले बताए ।

पाल्पाको इतिहासमा शिक्षा साहित्य र राजनीतिको क्षेत्रमा स्वर्गीय कमलराज रेग्मीको योगदान अमूल्य रहेको अध्यक्ष रेग्मीले बताए । 

उनले भने, ‘उहाँ २००७ सालका क्रान्तिका कमान्डर हुनुहुन्थ्यो । उहाँका नाममा यहाँ पुरस्कार राशी स्थापना हुनु पाल्पाका लागि गौरवको विषय हो ।’

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ५८ बजे

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण