दश ओलम्पियन खेलाडी सम्मानित « Khabarhub

दश ओलम्पियन खेलाडी सम्मानित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा नगदसहित सम्मान गरिएको छ । 

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आइतबार कार्यक्रम आयोजना गरी खेलका माध्यमबाट सुदूरपश्चिमको पहिचान स्थापित गराउन योगदान पुर्‍याउने १० जना ओलम्पियन खेलाडीलाई नगदसहित सम्मान गरेको हो । 

परिषद्ले सबैलाई जनही ७० हजार रुपैयाँसहित दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । 

बक्सिङका विष्णुबहादुर सिंह, बक्सिङकै डम्मरदत्त भट्ट, तेक्वान्दोका दीपक विष्ट, भारोत्तोलनका भरतबहादुर साउद, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सरस्वती भटराई, तेक्वान्दोकी निशा रावल, ब्याडमिन्टनका प्रिन्स दाहाल, पारा एथलेटिक्सका विक्रमबहादुर राना र पारा तेक्वान्दोका भरतसिंह महता सम्मानित भएका हुन् । 

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना र परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले दोसल्ला, प्रशंसापत्र र नगदसहित सम्मान गरे । 
 

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ५३ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको