विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ « Khabarhub

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागूऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा निजहरूलाई काठमाडौँ मित्रनगरस्थित गेष्ट हाउसबाट ४३ ग्राम, डिजिटल तराजु दुई थान, मोबाइल ११ थान र नगद ५० हजारसहित तीन जना क्रमशः हितबहादुर बस्नेत, रामकृष्ण शर्मा र धनञ्जय पासवानलाई पक्राउ गरिएको थियो ।  

त्यसैगरी, बर्दिया, बाँसगढी नगरपालिका–५ मैनापोखर चोकबाट ५४० मिलिग्रामसहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् । 

झापा गाउँपालिका–१ बाट १ ग्राम ६७ मिलिग्रामसहित शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका–१२ घर भएका ३० वर्षीय विराज भुजेललाई बुधबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १२ : १३ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय