निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी « Khabarhub

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्।

विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि उनले रुखो शैलीमा प्रतिक्रिया दिएका थिए ।

तर उनले आलोचना भएपछि रोष्ट्रमबाटै आफ्नो भाषा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग क्षमायाचना गरेका हुन्।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु ।’

उनले विषयकेन्द्रित छलफल हुनुपर्ने धारणा दोहोर्‍याउँदै आफ्नो अभिव्यक्तिका कारण असहज अवस्था सिर्जना भएकोमा क्षमा मागेका हुन्।

यसअघि बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्नुको कारण के हो ? निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउँछ भन्दै प्रश्न गरेका थिए । 

जवाफमा गृहमन्त्री गुरुङले हजुरहरु सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ? भन्दै उल्टै प्रश्न गरेका थिए । एउटा आमाको घाउलाई कोट्याएको कोट्याएकै गरेर सदनमार्फत थप पीडा नदिन उनले आग्रह गरेका थिए । 

अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाउन गृहमन्त्रीले चेतावनी दिएपछि राष्ट्रियसभा सदस्य विश्वकर्माले आपत्ति जनाएका थिए ।

विश्वकर्माले प्रश्न गर्ने आफ्नो अधिकार भएकाले मन्त्रीले जवाफ दिनैपर्ने उल्लेख गर्दै अबको कति महिना, कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन् ? भन्दै प्रश्न गरेका थिए ।

गृहमन्त्री गुरुङले आफूले यसको जवाफ नदिने भन्दै पन्छिएका थिए । त्यसपछि उनले अन्य सांसदहरूको जवाफ भने दिएका थिए । 

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ३ : २१ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र