यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित « Khabarhub

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ । गएराति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हराएको हो ।

बेल्जियमका लागि माइकल ओलिसेले दुई तथा डेजिरे डुए र रायन चर्कीले एक–एक गोल गरेका । बेल्जियमका डोडी लुकेबाकियोले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल बेल्जियमले गरेको भए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको ३५औँ मिनेटमा बेल्जियमका डोडीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा लगातार चार गोल गर्दै फ्रान्सले पुनरागम जित निकाल्यो । खेलको ७७औँ मिनेटमा डुए, ८१औँ मिनेटमा चर्की तथा ८८औँ र इन्जुरी समयमा ओलिसेले गोल गरेसँग फ्रान्स ४–१ गोलले विजयी भयो ।

यो जितसँगै चार खेलबाट फ्रान्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित भएको बेल्जियम समान खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ५४ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६