बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू) « Khabarhub

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ र नुवाकोटको सिमानास्थित कोल्पुखोला पुल क्षतिग्रस्त भएको छ ।  यो पुल गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत धादिङ, नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा पर्छ । 

यहाँ नयाँ र पुरानो गरेर २ वटा पक्की पुल छन् । त्रिशूलीमा आएको बाढीले पुरानो पुल ढल्किएको छ । नयाँ पुलमा बाढीको छालले पुलको जिप (पुलको पिलरमाथि दुवै किनारमा बनाइएको सुरक्षा पर्खाल जसले पुलको मुख्य भागलाई दायँबायाँ चिप्लिन वा खस्न दिँदैन) र ढलान छुट्याइदिएको छ । 

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, राहत, औषधि ढुवानी गर्ने र स्थानीय यही जोखिमपूर्ण अवस्थामा रहेका पुलबाट आवतजावत गरिरहेका छन् । 

बाढी गएको एक महिनापछि यो पुलको मर्मत–सम्भार जारी छ ।

तस्बिर : शंकर श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ४७ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल