कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी « Khabarhub

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

'देशको समुन्नति र कर्णालीको समृद्धिका पक्षमा छु'


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र देशको समुन्नतिका लागि पक्षमा दृढ रहेको बताएका छन्। काठमाडौँमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिँदै केन्द्रीय सदस्य शाहीले पिछडिएको क्षेत्र र कर्णाली प्रदेशको सशक्त बनाउने बताएका हुन् ।

नेता शाहीले प्रभावकारी प्रतिनिधित्वका लागि पार्टीको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दिएको स्पष्ट पारे। शाहीले कर्णालीको भूगोल, उत्पीडित, दलित, जनजाति तथा पिछडिएको क्षेत्रका जनताको आवाजलाई पार्टीको नीति निर्माण तह र केन्द्रीय पदाधिकारी तहसम्म पुर्‍याउनका लागि आफूले उम्मेदवारी दिएको बताए।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाहीले कर्णालीको समग्र विकास र त्यहाँका जनताको जीवनस्तर उकास्नु नै आफ्नो मुख्य राजनीतिक एजेण्डा रहेको उल्लेख गरे ।

‘विकासबिना कुनै पनि भूगोलको समृद्धि सम्भव छैन र विकास अभावमा जनताको मनोबल पनि उच्च हुन सक्दैन। भौगोलिक रूपमा पछि पारिएको कर्णालीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन र समावेशीकरणलाई व्यवहारमा उतार्न पदाधिकारी तहमा कर्णालीको प्रतिनिधित्व अत्यावश्यक छ,’ शाहीले भने।

यसअघि पनि ११औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म लगातार केन्द्रीय सदस्यमा निर्वाचित भइ सहमहामन्त्रीमा समेत प्रतिस्पर्धा गरिसकेको प्रसंग उल्लेख गर्दै नेता शाहीले कर्णालीको पीडा र भूगोलको अवस्था बुझेको नेतृत्वले मात्रै यस क्षेत्रको सही प्रतिनिधित्व गर्न सक्ने दावी गरे। शाहीले अनुभव र युवा जोशको समिश्रणपार्टीभित्र चलिरहेको युवा नेतृत्वको बहस र पुस्तान्तरणका विषयमा टिप्पणी गर्दै राजनीति र पेसागत दक्षता फरक कुरा भएको बताए।

शाहीले पार्टी र देश सञ्चालनका लागि अनुभवी पुराना नेताहरूको मार्गदर्शन र युवाको नयाँ विचार तथा उत्साहको समीश्रण हुनुपर्नेमा जोड दिए । ‘एउटा परिवारमा बाजे, बुबा र छोराको जुन सम्बन्ध र सहकार्य हुन्छ, राजनीतिमा पनि त्यस्तै अन्तरपुस्ता समन्वय आवश्यक छ, केवल युवा वा केवल पाका नेताहरूले मात्रै सिङ्गो देश वा पार्टी चलाउन सक्दैनन्, त्यसैले अनुभव र नवीनताको सन्तुलन हुनुपर्छ,’ उनले भने।

नेता शाहीले पार्टीले ३५ वर्षमुनिका युवालाई खुला तथा आरक्षण कोटाबाट अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था गरेको र ती युवालाई अग्रजहरूले राजनीति र मुलुकको रणनीतिबारे प्रशिक्षित र मार्गदर्शन गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे। उनले महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउनेविगतका चुनाव तथा आन्तरिक अभ्यासमा केही उतारचढाव आए पनि यो महाधिवेशनले नेपाली कांग्रेसलाई एकीकृत र थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले संगठनभित्रका असन्तुष्ट पक्ष र बाहिरिएका साथीहरूलाई समेटेर अगाडि बढ्न नेतृत्व तहबाट पहल भइरहेको जानकारी दिए।

‘सबैलाई मिलाएर लैजाने वातावरण निर्माण भइरहेको छ। यो महाधिवेशन एकताको महाधिवेशन बन्नेछ र यसले पार्टीलाई नयाँ ऊर्जाका साथ एकढिक्का बनाएर अगाडि बढाउनेछ,’ नेता शाहीले भने।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ५० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र