सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु « Khabarhub

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । 

थापाले मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिमा संख्या थप्दा खुला प्रतिस्पर्धाबाट आउनेहरू धेरै हुने भएकाले दलित, मधेसी लगायतका जातीय क्लस्टरहरूको उपस्थिति कम हुन सक्ने अवस्थालाई ध्यान दिइएको बताए ।

उनले विशेष महाधिवेशनबाट आएका र अन्य सबै नेताहरूलाई पार्टीमा समान अवसरको महसुस गराउन उपसभापति तथा महामन्त्रीको संख्यामा केही समायोजनको अभ्यास गरिएको उल्लेख गरे । 

खस–आर्य बाहेकका अन्य समुदाय तथा महिलाहरूको नेतृत्व तहमा पहुँच बढाउन सहमहामन्त्रीपछिको ब्लक फुकाउने प्रयास गरिएको उनको भनाइ छ । 

उनले सबैलाई मिलाएर लैजाने र स्पेस बनाउने जिम्मेवारी आफ्नो भएको बताउँदै सबैजना पदाधिकारीमै भिड्नुपर्छ भन्ने नरहेको उल्लेख गरे । 

थापाले यस पटकको विधानले प्रदेश र जिल्ला तहलाई पहिलेभन्दा धेरै अधिकार सम्पन्न बनाएकाले तल्ला तहमा पनि काम गर्ने ठूलो सम्भावना रहेको स्पष्ट पारे । 

उनले पार्टी भित्रको चुनावमा जित–हारलाई स्वाभाविक रूपमा लिँदै हार्दिकता कायम राख्नुपर्ने बताए। 

साथै उनले यस पटक महामन्त्रीहरूको कार्यविभाजन विधानमै स्पष्ट छुट्याइएकाले केन्द्रीय समिति ठूलो भए पनि व्यवस्थित ढङ्गले अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।  

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु