काठमाडौँ – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घट्दा चाँदी ११० रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ९२० रुपैयाँ थियो।
शुक्रबारको मूल्य समायोजनसँगै सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको महासङ्घले जनाएको छ।














प्रतिक्रिया